सुश्माको अवतर........ हट शिला



फिल्मको ब्यापार झुर भएपनि शिला बनेकी कट्रीनाको आइटम नम्बरले भने फिल्मलाई राम्रैसँग बिकायो । शिलाको त्यो कम्मर मर्काइलाई हेर्न पनि सयौं दर्शकहरु टिकट काउन्टरमा लामबद्ध थिए । कट्रीनाको त्यो आइटम नम्बरलाई भने चुनौति दिँदैछिन् हाम्री सुष्मा कार्की । 'के यो माया हो' हिरोइन सुदर्शन थापाको अपकमिङ प्रोजेक्ट 'मेरो लभस्टोरी'मा शिला बनेर क्लब डान्समा नाचेकी छिन् ।

'मेरो यो क्लब डान्स शिलालाई च्यालेन्ज हो' सुष्मालाई लाग्छ -'यो गीतमा म शिलाभन्दा पनि कुल देखिएकी छु; जसले दर्शकलाई इन्टर्टेन तुल्याउनेछ ।' 'नाच न...' बोलको यो डान्सलाई रिनशा राईले कोरियोग्राफी गरेकी हुन् । यो क्लव डान्स पछिल्लो वर्षको सर्वाधिक हिट हुने ठोकुवा रिनशाको छ । 'धेरै मिहेनत र युवापुस्तालाई मनपराउने खालले बनाएका छौं' रिनशा भन्छिन् 'हुन पनि हो बलिउडकी शिलाभन्दा हाम्री सुष्माको यो डान्स कुनै पनि किसिमले कम छैन ।'

0 comments:

Post a Comment

 
Copyright 2011 Mero Filmi Duniya