भेरी सेक्सी शशी खड्का



एक वर्षदेखि नयाँ अनुहार चाहियो भनेर ढोल पिट्दै हिंडेका उकेश दाहालको खोजी अन्ततः शशी खड्कामै आएर टुङ्गयिो। छायांकनरत चलचित्र 'किन किन'मा उकेश नयाँ नायिकाका लागि अवसर जुटाइरहेका थिए। 'पलपलमा'बाट पदार्पण गराएकी शशीलाई नै लिँदा हुन्छ भन्ने सल्लाहमा उनी पाएसम्म नयाँलाई नै त्यो भूमिका दिने अठोट व्यक्त गरिरहेका हुन्थे। एडल्ट विषयमा चलचित्रको क्यानभास रंगाउने खुबी उकेशमा छ भन्ने कुरा 'पलपलमा'ले प्रमाणित गरिदिएपछि यौनलाई फरक ढंगबाट पनि हेर्न सकिन्छ भन्ने अर्को उदारवादी चलचित्र 'किन किन'मा उनले नायकद्वय सुवास थापा र राज तिमिल्सिनामध्ये एक जनाको जोडीमा शशीलाई नै लिएका छन्। अहिले उकेश भन्दैछन्- 'मैले डेब्यु गराएकी शशीजस्तै वा ऊभन्दा पनि प्रतिभाशाली नायिका खोजेको हो, तर शशीभन्दा 'बेटर' पाउन सकिनँ।' यसैलाई भन्छन्- 'लौट के बुद्धु घरको आए।'

0 comments:

Post a Comment

 
Copyright 2011 Mero Filmi Duniya